अपडेट: दुर्घटनाग्रस्त विमानका सबै १५७ यात्रुको मृत्यु भएको पुष्टि

काठमाडौँ, फागुन २६ । इथियोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा रहेका १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

इथोपियन एअरलाइन्सले जहाजमा रहेका १४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । जहाज विमानस्थलबाट उडेको ६ मिनेटमा नै दुर्घटना भएको हो ।

इथियोपियाका प्रधानमन्त्री एबि अहमेदले ट्वीटमार्फत दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

विमान निर्माता कम्पनी बोइङले एकि ट्वीट गर्दै आफूहरूले घटनाक्रमलाई नियालिरहेको जनाएको छ ।

दुर्घटनाग्रस्त बोइङ ७३७ म्याक्स- ८ विमान २०१६ मा सार्वजनिक भएको थियो । इथियोपियन एयरलाइनले गत वर्ष जुलाईमा मात्रै यस विमानलाई संचालनमा ल्याएको थियो ।

यसै कम्पनीको यसै मोडेलको अर्को विमान गत अक्टोबरमा दुर्घट्नाग्रस्त भएको थियो । लायन एयरद्वारा संचालित उक्त विमान इण्डोनेसियानिकट समुद्रमा दुर्घट्नाग्रस्त हुँदा १९० यात्रुको ज्यान गएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!