एक सय ५७ यात्रु बोकेको इथियोपियाली विमान दुर्घटनाग्रस्त

काठमाडौं , फागुन २६ । इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । केन्याको राजधानी नैरोबीतर्फ उडेको उक्त विमानमा १४९ जना यात्रु र ८ जना चालकदलका सदस्य गरी कुल १५७ जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको उक्त विमान उडेको केही मिनेटमा नै दुर्घटनामा परेको बताइएको छ ।

फ्लाइट नं. ईटी- ३०२ भएको उक्त बोइङ इथियोपियाली राजधानी अदिस अबाबादेखि ६२ किलोमिटरको दूरीमा रहेको बिसोफ्टुनेर दुर्घटनाग्रस्त भएको विमान सेवा कम्पनीले जनाएको छ । कम्पनीले दुर्घटनाग्रस्त विमान बोइङ ७३७- ८०० म्याक्स रहेको र यसको दर्ता नम्बर ईटी-एभिजे रहेको जनाएको छ ।

विमानसेवाले दिएको जानकारी अनुसार उक्त विमान राजधानी अदिस अबाबास्थित् बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:३८मा उडेको थियो र त्यसको केही मिनेटपछि मात्रै ८:४४ मा उक्त विमानको टावरसँगको सम्पर्क विच्छेद भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!