१०५ किलो चरेससहित तीन जना पक्राउ

धादिङ, फागुन २६ । आइतबार बिहान काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको चेन्नई एक्सप्रेसको बसबाट प्रहरीले एकसय ५ किलो लागूऔषध चरेस बरामद गरेको छ ।

चरेससहित बस चालक र अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध किनबेच भएको सूचनाका आधारमा जिल्ला प्रहरी र गजुरी प्रहरीको संयुक्त टोलीले गजुरी हुँदै बीरगञ्ज जान लागेको ना ५ ख २८१२ नम्बरको बस बिहान ५ वजे गजुरीमा रोकेर खानतलास गर्दा पछाडिको सीटमुनि प्लास्टिकको ५ वटा पोका पारेर राखेको अवस्थामा उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त लागुऔषध ओसारपसारमा संलग्न आरोपमा बसचालक पर्सा बीरगञ्ज महानरपालिका ८ का ४५ वर्षीय लालवहादुर शाह, करैयामाई ५ का सहचालक अनिल चौधरी र पर्सा विन्दन्धयवासिनी(३ निवासी १९ वर्षीय श्रीराम साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्