१०५ केजी चरेससहित ३ पक्राउ

धादिङ, फागुन २६ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आइतबार बिहान ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!