पीएसएलः यसकारण मात्र अब सन्दीपको टिम ‘प्लेअफ’ मा पुग्नसक्छ

काठमाडौं, फागुन २६ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्स इश्लामाबाद युनाइटेडसँग ४९ रनले पराजित भएको छ । इश्लामाबादले दिएको २३९ रनको लक्ष्य पछ्याएको लाहोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्र बनायो । उसका लागि  सोहेल  अख्तरले ७५, कप्तान फकर जमानले ३८, एन्टोन डेभिचले १८, रिकी वेसल्सले २०, डेभिड  विसाले १२, सन्दीप लामिछानेले नटआउट ६ रन बनाए ।

बलिङमा इश्लामाबादका फहिम अशराफ एक्लैले ६, शादब खान र रुमनन् रैसले एक-एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इश्लामाबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनायो । उसका लागि क्यामरन डेलपर्टले नटआउट ११७, चाणविक वाल्टनले ४८, आशिफ अलिले नटआउट ५५ रन बनाए । बलिङमा लाहोरका सन्दीप लामिछाने, शाहिन शाह अफ्रिदी र डेभिड विइसीले एक-एक विकेट लिए ।

९ खेलबाट ६ मा हार र ३ मा जितका साथ पाँचौ स्थानमा रहेको लाहोरको अघिल्लो चरणमा पुग्ने समभावना लगभग समाप्त भएको छ । झिनो अंक अगणितीय संभावना बाँकी रहेको लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानलाई ठूलो रनअन्तरले पराजित गर्न सके र कराँची किंग्सले बाँकी दुबै खेल फराकिलो अन्तरले हारेको खण्डमा नेट रन रेटका आधारमा नाटकीय रुपमा प्ले अफ प्रवेश गर्ने छ । लाहोरले अन्तिम खेल सुल्तानसँग सोमबार खेल्दै छ ।

कमेन्ट गर्नुहोस्