नेकपा बाहेक कुनै पार्टीले समृद्धिको सपना पूरा गर्न सक्दैनः प्रचण्ड

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेकपा बाहेक कुनै पनि पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न नसक्ने बताएका छन् । रौतहटको गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताए ।

उनले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट गर्दै वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको बताए । अध्यक्ष प्रचण्डले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए ।

विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उनले मधेसी जनताको प्रशंसा गरे । देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको प्रचण्डको भनाई थियो ।

तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारे। नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिट्टै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!