पीएसएलः सन्दीपको टिमलाई पहिलो ओभरमै सफलता

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इश्लामाबाद युनाइटेड विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सले शानदार प्रदर्शन गरेको छ । लाहोरले पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएको छ । विकेट शाहीन शाह अफ्रिदीले लिएका हुन् । इश्लामाबादले पहिलो विकेटका रुपमा लुकी रोच्नीलाई गुमाएको हो

प्लेअफमा पुग्नका लागि सन्दीपको टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । यदि इश्लामाबादसँगको खेल हारेमा लाहोरको अगाडिको यात्रा लगभग समाप्त हुनेछ ।

अहिले सन्दीपको टिम अंक तालिकामा पाँचौं स्थानमा छ । उसले ८ खेलमा ५ मा हार र ३ खेलमा मात्र जित निकाल्न सफल भएको छ । इश्लामावाद भने ९ खेलमा ४ मा जित र ५ मा हार बेहोर्दै अंक तालिकामा तेस्रो स्थानमा छ । यी दुई टिमबीच अहिलेसम्म ५ पटक भिडन्त भएको छ । जसमा २ मा लाहोर र २ खेलमै इश्लामाबाद विजयी भएको छ । एक खेल भने टाई भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!