प्रचण्ड भन्छन्, ‘मधेसमा ८० प्रतिशत मत ल्याएर नेकपा ठूलो पार्टी बन्छ’

रौतहट, फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले अहिले पनि नेकपा प्रदेश २ को सबैभन्दा ठूलो पार्टी भएको कुरा नबिर्सिन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा उनले राजतन्त्र र सामन्तवादविरुद्ध किशान आन्दोलन रौतहटबाटै सुरुआत भएको पनि दोहोर्याए । कम्युनिष्ट पार्टीको अगुुआयीमा राजतन्त्रको अन्त, नयाँ संविधानको निर्माण र संघीयतासहित देशमा स्थानिय तह बनेको बताए ।

अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले जानकारी गराए ।

त्यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले देशमा दुुई कम्युष्टि पार्टी मिलेर एक भएको अवस्थामा वर्तमान सरकार जातपातको आधारमा नभई जनताको अभिमत अनुसार विकासको काममा लागिरहेको बताए ।

कमेन्ट गर्नुहोस्