लघु हाँस्यव्यंग्य चलचित्र ‘अर्थको अनर्थ’ सार्वजनिक

काठमाडौं, फागुन २५ लामो समयदेखि गीत संगीतमा सक्रिय कलाकार बिनोद बाजुराली लघु हाँस्यव्यग्य फिल्म ‘अर्थको अनर्थ’ मार्फत् कलाको नयाँ विधामा प्रवेश गरेका छन् । उनको लेखन, निर्देशन र अभिनय रहेको उक्त फिल्म शुक्रवार सार्वजनिक भएको छ ।

फिल्मको कथा आफू संलग्न संगीतलाई नै बनाएका छन् । शास्त्रीय संगीतमाथिको बुझाइलाई आधार बनाएर समाजको यथार्थमाथि फिल्मका माध्यामले कटाक्ष गरेका छन् । उनले विषयमा गहिरो ज्ञान नहुँदा पनि आफूलाई जान्नेसुन्ने देखाउने समाजका पात्रहरुको मनोवृत्तिलाई फिल्ममा उतारेका छन् ।

कुनै कार्यक्रम हुँदा सम्बन्धित क्षेत्रका बिज्ञका साटो राजनीतिज्ञ, समाजसेवी, व्यापारी हावी हुने अहिलेको प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा उनीहरुले कसरी ‘अर्थको अनर्थ’ लगाइरहेका छन् भन्ने देखाउन खोजिएको छ ।

फिल्ममा कलाकार बाजुरालीका साथै रामु खड्का, तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा, करण साउँद, मन्जिता केसी, सुमन परियारलगायतले अभिनय गरेका छन् । राजेश घिमिरे र हरिश महराले छायांकन गरेको फिल्ममा स्मृति शाहीको स्वरमा शास्त्रीय संगीत सुन्न सकिन्छ । फिल्म मालती डिजिटलले निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्