सरकारको चेतावनीप्रति विप्लव आक्रोशित, नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं, फागुन २५ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि रोक्ने चेतावनी दिएपछि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विल्पव’ थप आक्रोशित बनेका छन् ।

केही दिनयता विप्लवको आधार इलाका मानिएका क्षेत्रमा प्रहरीले छापा मारिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक अभिव्यक्ति दिइरहेको भन्दै विप्लव आक्रोशित बनेका हुन् ।

केही दिनअघि कपिलवस्तु स्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा हानेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए ।

यसैबीच, विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् । ‘सरकारको रक्तपिपाशु र दमनपूर्ण व्यवहारको घोर निन्दा गर्दै आगामी फागुन ३० गते नेपाल बन्दको घोषणा गरेका छौँ’ विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । हेर्नुस् पूरा विज्ञप्ति–

कमेन्ट गर्नुहोस्