कांग्रेस सांसद सिंहले गरे दोस्रो विवाह

काठमाडौं, फागुन २५ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. अमरेशकुमार सिंहले दोस्रो विवाह गरेका छन्। सांसद सिंहले त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग आज बंगलामुखी मन्दिरमा विवाह गरेका हुन् ।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंह यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो।

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्दै आएका छन्।

कमेन्ट गर्नुहोस्