एक खेल अगावै वेस्ट इन्डिज विरुद्धको सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौं, फागुन २५ । वेस्ट इन्डिज विरुद्धको टी-२० सिरिज एक खेल अगावै इंग्ल्याण्डले जितेको छ । दोस्रो खेलमा १३७ रनको शानदार जित निकाल्दै सिरिज इंग्ल्याण्डले जितेको हो । १८३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ११.५ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो ।

उसका लागि कार्लोस ब्रेथवेट र सिमरन हिटमायरले १०-१० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा भ्रमण टोली इंग्ल्याण्डका क्रिस जोर्डनले ४, आदिल रशिद, डेभीड विल्ली र लिम प्लंकटले दुईदुई विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो । उसका लागि साम बिलिंग्सले ८७, जो रुटले ५५, जोनी बेयरिस्टोले १२ र डेभीड विल्लीले नटआउट १३ रन बनाए ।

बलिङमा वेस्ट इन्डिजका फ्याबियन एलनले २, शेल्डोन कोट्रेल, ओबेस्ट क्रिस्टोफर र कार्लोस ब्रेथवेटले एकएक विकेट लिए । ३ खेलको सिरिजमा वेस्ट इन्डिजले २-० ले अग्रता बनाएको छ । अब यी दुई टिमबीचको अन्तिम खेल मंगलबार बिहान हुनेछ ।

कमेन्ट गर्नुहोस्