अष्ट्रेलियाविरुद्ध विराट कोहलीको लगातार शतक

काठमाडौं, फागुन २४ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि भारतीय कप्तान विराट कोहलीले शतक प्रहार गरेका छन् । आज उनले १४ चौकाको मद्दतमा ८५ बलमा शतक प्रहार गरेका हुन् । विराटले आज संकटबाबीच शतक पूरा गरे ।

सस्तैमा ४ विकेट गुमाएको भारतका लागि विराट र केदार जाधवले इनिङ उकासे । तथापि, भारतले पाँचौ विकेटका रुपमा केदारलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म क्रिजमा विराट र विजय शंकर छन् ।

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए ।

बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

कमेन्ट गर्नुहोस्