भारतलाई अर्को झड्का, धोनी पनि सस्तैमा आउट

काठमाडौं, फागुन २४ । एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा ४ विकेट गुमाएको छ । भारतले चौथो विकेटका रुपमा महेन्द्रसिंह धोनी (२६) लाई गुमाएको हो । उनलाई एडम जाम्पाले आउट गरे ।

यसअघि, ७ ओभर नपुग्दै शिखर धवन १, रोहित शर्मा १४, र अम्बाती रायडू २ रनमा आउट भएका थिए । म्याट कमिन्सले २ र जय रिचडसनले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३१३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए ।

बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!