भारतको खराब शुरुवात, शिखर १ रनमै आउट !

काठमाडौं, फागुन २४ । एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा शिखर धवन (१) लाई गुमाएको हो ।

उनलाई ३.३ ओभरमा अष्ट्रेलियाका जय रिचडसनले ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट भए । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३१३ रन बनायो ।

उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!