सांसद मल्ल अपहरित, विप्लव समूहले अपहरण गरेको आशंका

बझाङ, फागुन २४ । सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।

नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। अपहरण नेकपा (विप्लव समूह) ले गरेको आशंका गरिएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेकोजानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्