सरकार र सिके राउतबीच सहमति, प्रधानमन्त्री र राउतले सम्बोधन गर्दै (LIVE)

काठमाडौं, फागुन २४ । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति हस्ताक्षर भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिमा गठबन्धनका तर्फबाट सीके राउत र सरकारकातर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने भएका छन् । त्यसैगरी सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने सहमति गरेको छ ।

कमेन्ट गर्नुहोस्