साढे ५३ हजार कर्मचारी समायोजन, निजामतीतर्फको समायोजनको काम सक्न अन्तिम तयारीमा

काठमाडौं, फागुन २४ । साढे ५३ हजार कर्मचारी समायोजन गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको कर्मचारी समायोजन महाशाखा प्रमुख केदारप्रसाद पनेरुले निजामति तर्फको समायोजनको काम सक्ने अन्तिम तयारीमा रहेको र निजामति तर्फको सकिएपछि स्वास्थ्य तर्फको सुरु गर्ने बताए । स्वास्थ्य तर्फको ८, ९ र १०औं तहको विवरण संकलनको काम भइरहेको र स्वास्थ्य सेवाकै अन्य तहको कामपछि सुरु गर्ने बताएय । स्वास्थ्य सेवातर्फ २४ हजार कार्मचारी छन् ।

कतिपय कर्मचारीले किताबखानामा विवरण अध्यावधिक नगराउँदा समायोजनको काममा केही ढिलाई भएको उनको भनाई छ । पनेरुले समायोजनका क्रममा अहिलेसम्म एक हजार ९४ जना फाजिलमा रहेको बताएका छन् ।

यस्तै समायोजनमा जान चाहेका संसद सेवाका दुई सय ३१ जनाको विवरण किताबखानाले उपलब्ध गराएको उनले जानकारी दिए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्