आगलागी पीडितलाई तामाङ समाज मलेसियाले गरे ६९ हजार आर्थिक सहयोग

मलेसिया, फागुन २४ । तामाङ समाज मलेसियाले २०७५ माघ महिना २६ गतेको दिन बिहान बर्षा भइइरहेको बेला चट्याङ लागेर घर जलेका आगलागी पीडित सर्लाही बर्दिवास नगरपालिका वडा नं. ११, चनौटे निवासी दिलबहादुर तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सन् २००५ सालमा मलेसियामा तामाङ समुदायको युवायुवतीहरुले हातेमालो गर्दै स्थापना गरेको तामाङ समाज मलेसिया नामक समाजिक संस्थाले २०१९ सम्म आईपुग्दा विभिन्न क्षेत्रका पीडित व्यक्तिहरुलाई बेलाबेला आर्थिक अभियानहरु चाली सहयोग गर्दै आईरहेको थियो र गर्दै पनि छन् ।

यो वर्षपनि तामाङ समाज केन्द्रिय समितिं, नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ,तामाङ समाज पेनाङ कमिटीले मिलेर संयुक्त रुपमा मिलेर आयोजना गरेको मञ्जुश्री संवत् २८५५औं ढ्वा ल्हो सोनाम ल्होछार संम्पन्न भए लगत्तै ल्होछार कार्यक्रमबाट आम्दानी भएको रकम चट्याङ पीडित आर्थिक अवस्था एकदमै नाजुक रहेको तामाङ समाज मलेसियाको केन्द्रिय सदस्य हाल मलेसियामै कार्यरत अजय तामाङको परिवारलाई बिहिवार रु. ६९,००० नेपाली रुपैयाँ हस्तान्तरण गरिएको तामाङ समाज मलेसियाको द्धितिय सचीव सबिन लोप्चन तामाङले बताए ।

तामाङ समाजलाई साथ दिदै नेपालमा सामाजिक काममा सक्रिय ईशारा लामाले उक्त सहयोग रकम सम्बन्धित ठाउँसम्म पुर्याइ बर्दिवास नगरपालिकाका उपमेयर सुशीला गौतम, सोही नगरपालिकाको वडा नं. ११ का जनप्रतिनिधि धनबहादुर लामा र स्थानीयहरुको सामुहिक उपस्थितिमा प्रतिनिधिहरुकै हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिइएको हो ।

आर्थिक सहयोग रकम बुझ्दै खुशीसाथ तामाङ समाज मलेसिया परिवारलाई पीडित परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!