गजलः नारी दिवस

मणिकुमार श्रेष्ठ ‘सिजन’

नारी दिवसको नाममा यहाँ केक काटिदैं छ
विकसित मानवको नाममा यहाँ पेट साटिदैछ ।

मणिकुमार श्रेष्ठ ‘सिजन’

विभेदको अन्य गर्न जुर्मुराउने आवाजहरु
एकल अधिकारको नाममा यहाँ सेट फाटिंदै छ ।

एकलवादी सोचहरु समाजमा फैलिएपछि
विवेकहीन स्वतन्त्रताको नाममा यहाँ भेट डाटिंदै छ

समानता र समता विचको मिलन विन्दु नखोजिँदा
अन्त्यहिन यात्राको नाममा यहाँ डेट खाटिदैछ

साल्पासिलिछो गाउँपालिका, भोजपुर

कमेन्ट गर्नुहोस्