पर्यटक भित्र्याउन सहकार्य आवश्यकः नगरप्रमुख

धनगढी, फागुन २४ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिमका पर्यटकहरु भित्र्याउनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सुक्रवार यूथ स्पोर्टस क्लव धनगढीले आयोजना गरेको सुदूरपश्चिम साईकल यात्रा २०७५ को उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो बताएका हुन । पर्यटन ब्यावसाय भनेको नै समन्वय, सहकार्यबाट फष्टाउने हो नगरप्रमुख वडले भने, पर्यटकहरु भित्राउन सकेमा त्यसले सबैलाई फाईदा हुन्छ । नगरप्रमुख वडले सुदूरपश्चिम क्षेत्र पर्यटकका लागि भर्जिन क्षेत्र भएको बताए ।

यहाँ सबै किसिमको पर्यटकिय सम्भावना रहेको छ नगरप्रमुख वडले भने,तर त्यसलाई कसरी सम्भव बनाउन सकिन्छ भन्ने कुरोमा हामीले लाग्नुपर्छ । पूर्वाधार विकासको अभाव, सरकारी नितिका कारण सुदूरपश्चिम पर्यटकहरुको गन्तब्य बन्न नसकेको नगरप्रमुख वडले बताए ।  प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको गुरु योजना बनाएर काम थाल्नु पर्दछ नगरप्रमुख वडले भने, यसमा ढिलो गरिनु हुदैन भन्ने धनगढी उप–महानगरपालिकाको मान्यता रहेको छ ।

सुक्रवार धनगढीबाट सुरु भएको सुदूरपश्चिम साईकल यात्रामा झण्डै ५० जना साईकल यात्रीहरु रहेका छन् । देशका बिभिन्न क्षेत्रबाट आएका साईकल यात्रीहरुले कैलाली र कञ्चनपुर जिल्लामा साईकलयात्रा गर्ने आयोजकले बताएको छ । यात्रामा बिश्व साईकल यात्री पुष्कर शाह पनि सहभागि छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!