१०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुनसरीमा विभिन्न कार्यक्रम गरी मनाइँदै

सुनसरी, फागुन २४ । सुनसरीको इनरुवामा एक सय नवौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । यहाँका मानव अधिकारकर्मी र महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।

लैगिंक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सुनसरीले प्रभातफेरी कार्यक्रम भगवती मावि इनरुवा हँुदै बजारको विभिन्न भागको परिक्रमा गरी कोणसभा समेत गरिएको छ ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले महिलाहरुले आफ्नो अधिकारका लागि आफै सक्रिय हुनु्पर्ने बताए । उनले महिलाहरुको अधिकारमा पहुच नुहुनुमा उनीहरुको आत्मबलको कमी भएको भन्दै आत्मसम्मानका लागि आत्मविश्वासका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई दिवशले सम्मान गरेको समेत बताएका हुन् । यहाँ ८ मार्चमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरु एकैठाउँमा भेला भएर प्रभातफेरी गरिएकोमा उनीहरुलाई धन्यवाद समेत दिए ।

बिहान सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा सञ्जालका संयोजक तथा सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले दिवशमा भएको सभ्य र भव्य कार्यक्रमले सार्थक सन्देश दिएको बताए ।

अधिकारी संयोजकत्वमा सम्पन्न प्रभातफेरी कार्यक्रममा पाँच सय बढी सहभागिहरुले नारी अधिकारका सवालमा नारा समेत लगाएका थिए । कार्यक्रममा लैगिंक हिंसा नियन्त्रण जिल्ला सञ्जालका संचार संयोजक जयकृष्ण यादवले दिवश एतिहासिक भएको बताए । उनले दिवसको अवसरमा सरकारी र गैरसरकारी निकायले गरेको कार्यक्रमबाट राम्रो सन्देश प्रभाह भएको बताए । यादवले कार्यक्रममा सुरुमा वोल्दै प्रभातफेरीको सुरु र सम्मान गर्ने तालिकाले नै कार्यक्रम सफल भएको बताए ।

यादवले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती र उपरीक्षक अधिकारीसहित सबै सरकारी तथा गैरसरकारी निकायका अधिकारीहरुलाई सहभागिताका लागि धन्यवाद दिए । कार्यक्रममा जिल्लामा पाँच सय बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । एडभान्स एफएम १०१.८ मेगा हर्जले विहान एक घण्डा प्रत्यक्ष प्रशारण गरेको थियो । केही अंश….यसैबीच प्रभातफेरी कार्यक्रममा जिल्ला सञ्जाल सहित विभिन्न संघ संस्थाहरु र महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सञ्जालका सितोश पोखरेल, विनुमाँया बस्नेत, तोया गिरी, तिर्थ अधिकारी, जयकृष्ण यादव, चुन्नी खातुन, विनिता यादव, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाल, सशस्त्र प्रहरी उपरिक्षक र सशस्त्रको वैण्ड समेतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!