सशस्त्रमा ३२९७ का लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, फागुन २४ । सशस्त्र प्रहरी बल नेपालमा साधारण समूहअन्तर्गत रिक्त रहेका तीन हजार २९७ जनाको लागि नयाँ भर्ना खुुलेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्‍त्र प्रहरी जवान पदमा आवेदन खुला भएको हो ।

सशस्त्र प्रहरी बलले आवेदन दिन एक महिनाको अवधि अर्थात् २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ। आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख २०७६ मा परीक्षा संचालन गर्ने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

आवेदन दिनको लागि कम्तीमा आठ कक्षा उत्तीर्ण, पुरुष पाँच फिट दुई इन्च र महिला पाँच फिट हुनु पर्नेछ। पुरुषको लागि न्यूनतम ५० केजी र महिलाको लागि न्यूनतम ४२ केजी तौल अनिवार्य हुनु पर्ने छ। विस्तृत जानकारीका लागि हेर्नुस् सूचना

कमेन्ट गर्नुहोस्

error: Content is protected !!