खुल्यो अस्थायी शिक्षकको निमावि गणित विज्ञान विषयको नतिजा (नतिजा सहित)

काठमाडौँ, फागुन २३ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको निमावि तहको गणित विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

आयोगले बिहिबार एक सूचना प्रकाशित गरेर साविक पाँचै विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार देश भरि बाट ४५ जना अस्थायी शिक्षक स्थायी नियुक्तिका लागि सिफारिसमा परेका छन् । यसरी सिफारिस हुनेमा साविकको  पूर्वान्चल विकास क्षेत्रबाट ४ जना, मध्यमान्चलबाट ८ जना, पश्चिमान्चलबाट ११ जना, मध्यपश्चिमान्चलबाट ८ जना र सुदूरपश्चिमान्चल विकास क्षेत्रबाट १४ जना रहेका छन् ।

आयोगले उम्मेदवारहरूले आफ्नो प्राप्तांक समेत हेर्न मिल्ने व्यवस्था गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्राप्तांक हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!