दाङमा शहीद परिवारलाई अभिनन्दन

उमेश बञ्जाडे, लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगरकमिटिको आयोजनामा शहीद परिवार अभिनन्दन कार्यक्रम सप्पन्न भएको छ। बिहीवार देउखुरीको कान्तिपुरमा सम्पन्न अभिनन्दन कार्यक्रममा लमही नगरपालिका अन्तर्गतका २१ जना शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियो ।

नेकपा लमहीका प्रमुख कुलबहादुर केसीको अध्यक्षता एवं प्रदेश सभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सदस्य लेखराज रेग्मीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताहरुले शहीदका सपनामाथि विभेद नगर्न नेतृत्वलाई सचेत गराएका थिए। पहुँचको भरमा शहिदका सपनाहरू वर्गिकृत गर्न नहुनेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा नेकपाका नेता निर्मल आचार्य, प्रस्तावित जिल्ला सदस्य ओम प्रकाश सुवेदी ‘सागर’, शहीदद्वय विकास शर्मा र प्रकाश शर्माका पिता नारायण प्रसाद शर्मा, वडा सदस्य नुमराज पौडेल, स्थानीय नेतृ मिना गुरुङ, नेता नारायण डिसि ‘छम्पाली’ लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा लहमी नगर कमिटीका सचिव बसन्त शर्मा ‘विक्रान्त’ ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!