प्रचण्ड भन्छन्, ‘शोकलाई शक्तिमा बदल्ने संकल्प गर्दै दिवंगत नेताका सपना पूरा गरौं’

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले दिवंगत नेताहरूको शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्ने बताएका छन्।

नेकपाले बिहीबार काठमाडौं आयोजित गरेको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतका नेता र ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा आयोजित श्रदाञ्जलि सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूहरू अहिले शोकमा भएको र दिवंगत भएकाका परिवार शोकमा भएकाले त्यो शोकलाई शक्तिमा बदल्ने बेला आएको बताए।

प्रचण्डले रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्यु ‘पहाडभन्दा ग्रहुंगो’ भएको बताए। उनले लाखौँ जनतालाई तरंगीत पार्दै भएका निधनबाट शिक्षा लिनुपर्ने बताए।

प्रचण्डले फागुन महिना शोक र श्रदाञ्जलिमा बिताउनुपरेको बताए। फागुन १ गते जनयद्ध र जनआन्दोलनका सहिदहरूप्रति र त्यसपछि अन्य दिवंतहरूको निधनमा बिताउनुपरेको बताए।

उनले देशको राजनितिक परिस्थितिको विशिष्ट मोडमा रहेको बताए। ठूलो राजनीतिक अवसर छ र चुनौती सँगसँगै आएको उनको भनाइ थियो। लामो संघर्ष र बलिदानपछि नेपाल लोकतान्त्रिक गणतन्त्रमा पुगेको भन्दै उनले रवीन्द्र र भरतमोहनले दिएको योगदान यसमा महत्वपूर्ण रहेको बताए।

उनीहरूले जीवन नै अर्पण गरेको उनको भनाइ थियो। प्रचण्डले सबै संसारबाट विदा हुनुपर्ने यथार्थ रहेको भन्दै राष्ट्र निर्माणमा लाग्न पनि आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!