खुशी खबरः बजारमा सुनको भाऊ तोलामा फेरि कतिले घट्यो ?

काठमाडौं, फागुन १९ । नेपाली बजारमा पाँचौं दिन बिहीबार फेरि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ।

बुधबार प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार बजारमा फेरि चाँदी प्रतितोला ५ रुपैयाँ घटेको छ ।

बुधबार चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार फेरि ७३५ रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!