अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइने

सिमकोट, फागुन २३ । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न रचनात्मक कार्यक्रम संचालन गरी मनाईने भएको छ ।

दिवस मनाउनका लागि मंंगलबार सिमकोट गाउँपालिकामा बसेको बैठकले सो निर्णय गरेको हो ।

फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवस भव्यरुपले मनाउने निर्णय बैठकले गरेको सिमकोट गाउँपालिका महिला विकास शाखाका प्रमुख ममता महतले बताए । गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको अध्यक्षतामा बसेको बैठकले नारी दिवसको अवसरमा बालविवाह सम्बन्धी मावि स्तरिय बक्तृत्वकला, एकल महिला ठाडी भाकामा देउडा, महिला हिंसा सम्बन्धी रेडियो बहश कार्यक्रम, दिपावली र र्याली कार्यक्रम आयोजना गरिने महतले बताए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, उपाध्यक्ष बली रावत, प्रहरी निरीक्षक कमल सिहं लगाएको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!