त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द

काठमाडौं, फागुन २३ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि २०७६ असार १५ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५र२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने । हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्