रोकिएन सुन तस्करीः कैलालीमा २ किलो बढी सुनसहित व्यापारी पक्राउ

कैलाली, फागुन २३ । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित एकजना व्यापारी पक्राउ परेका छन् । जिल्लाको चिसापानीमा चेकजाँचका क्रममा गएराति २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एकजना व्यापारी पक्राउ परेका कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार व्यापारीसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिएको छ तर एक किलो सुनको भने विल छैन्। व्यापारीले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएका व्यापारीको नाम भने प्रहरीले सावर्जनिक गरेको छैन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!