‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान शुरु

धनगढी, फागुन २२ । नेपाली कांग्रेस, कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान थालेको छ ।

नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मुनका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई उक्त नाराका साथ एक महिने अभियानका लागि खटाईएको छ । अभियानमा ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ ।

जिल्ला कार्य समितिको बुधवार केन्द्रिय उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारको समुपस्थितिमा बसेको विस्तारित बैठकले उक्त निर्णय गरेको हो । जिल्लाको स्थानियस्तरमा संगठनको वर्तमान अवस्थाको अनुगमन तथा मुल्यांकन गरी यर्थातपरक प्रतिवेदन जिल्लामा बुझाउन प्रतिनिधिहरुलाई निर्देशन दिईएको छ । जिल्लाले विगत २ वर्ष देखि निरन्तर सुचारु राखेको निर्वाचन क्षेत्र देखि वडास्तर सम्मको प्रशिक्षण लगायत साधारण सदस्यता वितरण अभियान संचालन भए नभएको र वार्षिक सम्मेलनहरु नयां संरचना अनुसार आयोजना गर्न समेत जिम्मेवारी प्रदान गरी पठाईएको छ ।

प्रतिनिधिहरुले स्थानियस्तरमा भ्रातृ एवं शुभेच्छु संघसंस्थाहरुको संरचनाको विवरण र भुमिकाका सम्बन्धमा पनि आफ्नो राय, सझाव बुझाउने छन् । पार्टी तथा प्रतिस्पर्धी अन्य राजनीतिक दलहरु बीचको तुल्नात्मक अध्ययन र मुल्यांकन गरी प्रतिवेदनमा निश्कर्ष सहित उल्लेख गर्ने भनिएको छ ।

अन्य राजनितिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुको समुचित समायोजन तथा व्यवस्थापन गर्न सबै तहका समितिहरुलाई प्रतिनिधिहरु मार्फत निर्देशन दिइएको छ । सत्ताको आडमा संघीय, प्रदेश हुदै स्थानीय तहको विकास निर्माण कार्यमा दिनहू बढदै गएको व्यापक संस्थागत भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रलाई नियन्त्रण गर्न सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्दै, ढीलो नगरी वडास्तर देखीनै छाया सरकारको गठन गर्न भनिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!