प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, फागुन २२ । आज बिहान अस्पाल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली साँझ डिस्चार्ज भएका छन्। प्रधानमन्त्री बुधबार बिहान त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका उनी चिकित्सकहरूको सुझावअनुसार अस्पतालमा भर्ना भएका थिए।

उनको स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अपस्पतालमा भेट्न आउनेको घुइँचो लाग्ने नदिन उनलाई सिसियुमा राखिएको उनले बताएका थिए। पछिल्ला केही घटनाले स्वास्थ्य सिथिल बनेको भन्दै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना भएर आराम गर्ने सुझाएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!