राजपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता (विज्ञप्तिसहित)

काठमाडौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ नगरेको र उनीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता नगरको, घाइतेहरुको उपचार नगरेको जनाउँदै समर्थन राजपाले समर्थन फिर्ता लिएको हो ।

निर्मला पन्त लगायत बलात्कारी र हत्यारालाई कारबाही नगरेको, सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्न नसकेको, राज्यको हरेक अंगमा दलीय पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने काम सरकारबाट भएको जनाउँदै राजपाले समर्थन फिर्ता लिएको हो। यस्तै, सरकारको एक वर्षे कार्यकाल पूर्ण असफल रहेको राजापाले जनाएकोछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!