भोलि विप्लव माओवादीको बन्द (विज्ञप्तिसहित)

दाङ, फागुन २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेपालले बिहीबार एक दिन राप्ती बन्दको घोषणा गरेको छ। नेकपा राप्ती ब्युरोले बिहीबार एक दिन राप्ती बन्दको घोषणा गरेको हो।

मंगलवार दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ परेका ३ जना र फागुन २० गते रोल्पावाट पक्राउ परेका पार्टीका नेताको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ। ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइ गर्न माग गरिएको छ। यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!