सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते

सल्यान, फागुन २२ । सल्यानको शारदा नगरपालिका–१ चैवाङज्युला बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटना स्थलमा स्थानीयबासी, प्रहरीले उद्दार भइरहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरुको श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भई रहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!