सांसद रेशम चौधरीसहित ११ लाई जन्मकैद

काठमाडौं, फागुन २२ । कैलाली जिल्ला अदालतले तीन वर्षअघि भएको एउटा घटनामा राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दैै जन्मकैद जेल सजायको फैसला गरेको छ ।

कैलालीमा तीन वर्ष अघि भएको ७ सुरक्षाकर्मी र नाबालिक हत्या आरोपमा प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई जन्मकैदको फैसला भएको हो। २०७२ असोज ५ मा चौधरीसहित ५८ जनालाई प्रतिवादी बनाउदै मुद्दा दर्ता भएको थियो। घटना लगत्तै कारागारमा रहेका लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय भएको छ। उनी तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुनेछन् । कैलालीको टिकापुरमा हिंसा भडकिदा प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ सुरक्षाकर्मी र एक नावालकको २०७२ भदौं ७ मा हत्या भएको थियो । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!