सदस्य–सचिव दाहालद्वारा पदस्थापन

काठमाडौ‌, फागुन २२ । राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गरेका छन् ।

कोषको कार्यालयमा मंगलबार पद बहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह अधिकतमरुपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनी वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रमुख रहेका छन्् ।

कोष ऐन, २०३९ को पछिल्लो संशोधनअनुसार प्रधानमन्त्री कोषको संरक्षक हुने र वन तथा वातावरणमन्त्री कोषको अध्यक्ष हुने व्यवस्था छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले दाहाललाई यही फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कोषको सदस्य–सचिव पदमा मनोनयन गरेका हुन् ।

जैविक विविधता संरक्षणमा लामो अनुभव सङ्गाल्नु भएका दाहालले यसअघि विभिन्न जिल्ला वन अधिकृत, वन अनुसन्धान विभागमा उपमहानिर्देशक तथा तत्कालीन क्षेत्रीय वन निर्देशनालयमा अनुगमन तथा मूल्यांकनको जिम्मेवारी र मन्त्रालयका विभिन्न महाशााखाको जिम्मेवारी सम्हाली सकेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!