हराएको पेस्तोल भेटियो

काठमाडौं, फागुन २२ । डाइनेष्टिक एयरको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा हराएको नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा हराएको नाइन एम।एम।को पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल फेला पारेको हो । मोवाईल भने पूर्णरुपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत बुधबार भएको दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, उहाँका अंगरक्षक जमदार घिमिरेसहित ७ जनाको निधन भएको थियो । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्