गुर्जुधारास्थित यातायात कार्यालयमा दलालहरूको भागाभाग

काठमाडौं, फागुन २२ । महानगरीय प्रहरी प्रभाग बलम्वुले ८ जना दलालहरूलाई नियन्त्रण लिएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं ५ गर्जुधारास्थित यातायात कार्यालय बाहिर सार्वजनिक सडकमा यातायात कार्यालयमा आउने विभिन्न पुरुष तथा महिला सेवा ग्राहीहरुलाइ विभिन्न बहानामा हैरानी दिर्इ अभद्र व्यवहार हुने गरेको बिशेष सुचना आधारमा ८ जना दलालहरूलाई नियन्त्रण लिएको हो ।

यातायात कार्यालयमा आउने सेवा ग्राहीहरुलाइ यातायात कार्यालयबाहिर सार्वजनिक सडकमै बिभिन्न बहानामा काम गरिदिन्छु भन्ने तथा सेवाग्राहीहरुले नमानेमा हातैले समेत तानी सेवाग्राही महिला पुरुषहरुलाइ सार्वजनिक बाटोमै अभद्र व्यवहार गरेको पाइएको तिनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले बताए ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरिक्षक शकंर खड्काका अनुसार पक्राउ पर्नेमा जिल्ला काभ्रे मण्डनदेउपुर नपा घर भई का.जि चन्द्रागिरी न.पा ५ थानकोट बस्ने वर्ष २९ को रेमश पराजुली, जिल्ला दोलखा जिरी न.पा ९ घर भई हाल हरिसिद्धि ललितपुर बस्ने वर्ष २८ को राजकुमार जिरेल, जिल्ला ललितपुर हरिसिद्धि १ बस्ने वर्ष २७ को सुनिल महर्जन ,जिल्ला ललिपतुर तालसिखेल १४ घर भई बस्ने वर्ष २४ को उत्तम गुरुङ्ग, जिल्ला ललितपुर भैंसीपाटी फुलवारी मार्ग बस्ने वर्ष १८ को सुरज गुरुङ्ग, जिल्ला ओखलढुङ्गा चम्पादेवी ४ घर भई का.जि चाबहिल कपन बस्ने वर्ष २७ को पुस्कर कटुवाल र जिल्ला बारा निजगढ ५ घर भई ललितपुर सातदोबाटो बस्ने वर्ष २४ को ईन्द्रबहादुर तामाङ्ग रहेको बताए ।

प्रहरीको विशेष अप्रेसन प्रश्चात दलालहरूको भागाभाग मच्चाएको विशेष स्रोतले बताए । प्रहरीले अभद्र व्यवहारअन्तर्गत म्याद थप गरी मुद्दा चलाएको बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!