आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेलको नियुक्ति

काठमाडौं, फागुन २२ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी एक्रश मनि ट्रान्सफर लि.को तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई नियुक्त गरी यस कम्पनीलाई जानकारी गराएकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिमा विधिवत तवरमा शर्मालाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरे ।

यसअघि उक्त कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका थिए । सो कार्यक्रममा सञ्चालक इश्वरकुमार कार्कीलाई बिदाई समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा.रामहरि अर्यालले कार्कीले कम्पनीप्रति पुर्याएका योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उनको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा राखेका थिए ।

सोही अवसरमा बोल्दै डा.अर्यालले नियुक्ति पाई सञ्चालक समितिमा आउनुभएका शर्मालाई सफल कार्यकालको शुभकामना दिए । शर्मालाई यस अघि समेत यस कम्पनीको सञ्चालक समितिमा रही काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!