महोत्तरीको जलेश्वरमा निर्धन उत्थान संस्थाद्वारा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

काठमाडौं, फागुन २२ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३८ जना सदस्यको सहभागितामा फागुन १० गतेदेखि १२ गतेसम्म महोत्तरी जिल्लाको जलेश्वरमा ‘व्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको संस्थाका जलेश्वर शाखा कार्यालयका शाखा प्रमुख पितम्मर नाथ कवंरले जानकारी गराएका थिए ।

यस तालिममा प्रशिक्षकहरु श्री अषेश कुमार पाण्डे, हृदयनारायण ठाकुर, रुद्रकानत झा र खुरसैद आलम रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नतीतिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय व्यवस्थापक दिपेन्द्र कुमार यादवले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्यबारेमा संस्थाको जलेश्वर शाखा कार्यालयका प्रमुख श्री पिताम्बर नाथ कवंरले प्रकाश पारेका थिए ।

तालिममा हिउंदे तरकारी खेती प्रविधि (काउली, बन्दा, ब्रोकाउली र गांठगोबी), करेसाबारीको परिचय र महत्व साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि तरकारीको नर्ससरी बनाउने तरीका, लहरे खेती प्रविधि, (लौका, कांक्रो, फर्सी, करेला, घिरौला) जरे तरकारी (मुला, गाजर, सलगम) र कोसे तरकारी (सिमी, बकुला, बोडी, केराउ) खेती प्रविधि तरकारी खेतीमा मलखादको प्रयोग सिंचाई तथा व्यवस्थापन, सागबाली खेती र बेमौसमी तरकारी खेती प्रविधि तरकारी बालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी व्यवस्थापन तरकारी बालीमा उचित पोष्ट हार्भेष्ट र बेचबिखन कसरी बढी मूल्य पार्ने तथा बजार व्यवस्थापन सम्बन्धी विषयहरु तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने जलेश्वर शाखाका शाखा प्रमुख श्री पितम्मर नाथ कवंरले बताएका थिए ।

यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आबद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दै आइरहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । तरकारी खेती गरिरहेका र गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका जलेश्वर शाखाका शाखा प्रमुख श्री पितम्मर नाथ कवंरले जानकारी गराएका थिए ।

साथै थरुवाही ख महिला समाज कि मृतक सदस्य श्रीमती फुला देवी यादवको श्रमिान श्री जय किशोर यादवलाई ग्रामिण कर्जा बिमा क्षतिपुर्ति रकम रु.१ लाख ४० हजार क्षेत्रीय कार्यालय बर्दिवासका व्यस्थापक दिपेन्द्रकुमार यादवले वितरण गरेका थिए ।

तालिमको अन्त्यमा सहभागी श्री पुष्पा देवी झा, सहभागी श्री मिनु राय, नगिना देवी तथा किरण देवीले मन्तब्य राखेका थिए । व्यवसायिक रुपमा तरकारी खेती गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । तरकारी खेती गरी रहेका र गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय व्यवस्थापक श्री दिपेन्द्र कूमार यादवले जानकारी गराएका थिए । तालिमको संचालन जलेश्वर शाखा प्रमुख पितम्मर नाथ कवंरले गरेका थिए ।

कमेन्ट गर्नुहोस्