आज पनि तोलामा कति घट्यो सुनको भाऊ ?

काठमाडौं, फागुन १९ । नेपाली बजारमा चौथो दिन बुधबार फेरि सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार बजारमा फेरि चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ ।

मंगलबार चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार फेरि ७४० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!