सरकारसँग सहमति भएसँगै बुधबारबाट ग्यास नियमित

काठमाडौं, फागुन २२ । नेपाल सरकारसँग सहमति भएसँगै ग्यास व्यवसायीले बुधबारदेखि ग्यास नियमित ढुवानी गर्ने भएका छन्।

विभिन्न माग राख्दै ग्यास उद्योगीहरू गत शुक्रबारदेखि आन्दोलनरत थिए । उद्योग, वाणिज्यमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच मंगलबार सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

सहमति जुटेसँगै उद्योगीले बुधबारदेखि भारतबाट ग्यास ल्याउने भएका हुन्।

ग्यास उद्योगीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एलपीजी लगायत पेट्रोलियम पदार्थ व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ग्यास व्यवसायीले आजदेखि ग्यास बिक्री(वितरण नियमित गर्ने भएका हुन्।

यस्तो छ सहमतिः

नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!