पाकिस्तान सुपर लिगः सन्दीपको टिमलाई लगातार सफलता

पाकिस्तान सुपर लिग (पीएसएल) मा सन्दीप लामिछाने आवद्ध लाहोर क्लन्दर्सले दिएको १२५ रनको समान्य लक्ष्य पछ्याउने क्रममा पेशावार जल्मीले ३ ओभरको खेल सकिदा ४ विकेट गुमाएको छ । जल्मीले पहिलो, दोस्रो ओभरमा एक-एक र तेस्रो ओभरमा २ विकेट गुमाएको हो ।

शाहीन शाह अफ्रिदीले ३ र राहत अलिले एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो ।

उसका लागि हरिश सोहिलले सर्बाधिक ४३, डेभिड विइसीले नटआउट २६, उमिर मासुदले २२, कप्तान फकर जमान र सोहिल अख्तरले ११–११ रन बनाए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहन सकेन । बलिङमा, टाइमल मिल्सलले ३, एमेन बनाउनले दुई, लिम डाउसन र वाहाब रियाजले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!