पीएसएलः सन्दीप आवद्ध लाहोरद्वारा १२५ रनको लक्ष्य

काठमाडौं, फागुन २१ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध लाहोर क्लन्दर्सले पेशावार जल्मीविरुद्धको खेलमा १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनायो । उसका लागि हरिश सोहिलले सर्बाधिक ४३, डेभिड विइसीले नटआउट २६, उमिर मासुदले २२, कप्तान फकर जमान र सोहिल अख्तरले ११–११ रन बनाए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहन सकेन । बलिङमा, टाइमल मिल्सलले ३, एमेन बनाउनले दुई, लिम डाउसन र वाहाब रियाजले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्