राष्ट्रपति भण्डारी आइतबार अमेरिका जाँदै

काठमाडौं, फागुन २१ । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छन् । राष्ट्रपति भण्डारी ‘कमिशन अन द स्टेटस अफ विमिन’ को ६३ औं संस्करणमा भाग लिन आगामी फागुन २६ गते आइतबार अमेरिकाको न्यूयोर्क जान लागेकी हुन् ।

मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको यस भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी पनि दिए ।

यस संस्करणलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!