वान डे सिरिजः अष्ट्रेलियाविरुद्ध विराटले प्रहार गरे शतक

काठमाडौं, फागुन २१ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले शतक प्रहार गरेका छन् । अन्य ब्याट्सम्यान लगातार आउट भइरहेका बेला विराटले भने १०७ बलमा १०३ रन प्रहार गरेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खराब शुरुवात गर्यो । छैटौं विकेटका रुपमा भारतले आज महेन्द्रसिंह धोनीलाई शून्य रनमा गुमाएको हो । उनलाई एडम जम्पाले आउट गरे । यसअघि, उनले केदार जाधबलाई पनि ११ रनमा आउट गरे । भारतका विजय शंकर ४६, रोहित शर्मा ०, शिखर धवन २१, र अम्बाती रायडू १८ रनमा आउट भए ।

यो पनि–
खाता नखोल्दै भारतले गुमायो पहिलो विकेट!

आज भारतले टस हारेर ब्याटिङको मौका पाएको छ । भारतले पाँच खेलको सिरिजमा १—० ले अग्रता लिएको छ । आज भारत आफ्नो जित यात्रालाई कायम गर्न चाहन्छ । यस्तै, अष्ट्रेलिया पहिलो जीतका लागि संघर्ष गर्दैछ । हेर्नुस् दुवै टिममा को–कोले पाए स्थान ?

अष्ट्रेलिया टिमः आरोन फिंच (कप्तान), ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, उस्मान ख्वाजा, शन मार्स, पीटर ह्यान्सकम्ब, एलेक्स केरी, नाथल लायन, एम जाम्पा, नाथन कटरटर–नेल र पिट कमिन्स

यो पनि–

अष्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको मौका

भारतीय टिमः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी, रोहित शर्मा, शिखर धवन, अम्बाती रायडू, केदार जाधब, विजय शंकर, रविन्द्र जेडजा, कुलदीप यादव, मोहम्मद सामी र जसप्रित बुमराह

कमेन्ट गर्नुहोस्

error: Content is protected !!