चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, फागनु २१ । नेपाली कथानक चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङ लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको निर्माण रहेको फिल्ममा संगीत कालीप्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । छायांकन शैलेन्द्र डि कार्कीको रहेको छ भने सम्पादन निमेश श्रेष्ठको रहेको छ ।

चलचित्र ‘साइँली’ आगामी चैत १५ गतेदेखि देशभरका हलहरुमा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!