वान डे सिरिजः भारतलाई दोस्रो झड्का, म्याक्सवेलले लिए विकेट

काठमाडौं, फागुन २१ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतले खराब शुरुवात गरेको छ । उसले पहिलो ओभरको अन्तिम बलमै पहिलो रोहितलाई गुमायो भने ८.३ ओभरमा शिखर धवन २१ रनमा आउट भए । रोहितलाई प्याट कमिन्सले क्याच गराउँदा धवनलाई ग्लेन म्याक्सवेलले एल्बीडब्लू आउट गरे ।

यो पनि–
खाता नखोल्दै भारतले गुमायो पहिलो विकेट!

आज भारतले टस हारेर ब्याटिङको मौका पाएको छ । भारतले पाँच खेलको सिरिजमा १—० ले अग्रता लिएको छ । आज भारत आफ्नो जित यात्रालाई कायम गर्न चाहन्छ । यस्तै, अष्ट्रेलिया पहिलो जीतका लागि संघर्ष गर्दैछ । हेर्नुस् दुवै टिममा को–कोले पाए स्थान ?

अष्ट्रेलिया टिमः आरोन फिंच (कप्तान), ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, उस्मान ख्वाजा, शन मार्स, पीटर ह्यान्सकम्ब, एलेक्स केरी, नाथल लायन, एम जाम्पा, नाथन कटरटर–नेल र पिट कमिन्स

यो पनि–

अष्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको मौका

भारतीय टिमः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी, रोहित शर्मा, शिखर धवन, अम्बाती रायडू, केदार जाधब, विजय शंकर, रविन्द्र जेडजा, कुलदीप यादव, मोहम्मद सामी र जसप्रित बुमराह

कमेन्ट गर्नुहोस्

error: Content is protected !!