मंगलबार फेरि घट्यो सुनको भाऊ !

काठमाडौं, फागुन १९ । नेपाली बजारमा तेस्रो दिन मंगलबार फेरि सुनको मूल्य ५ सय रुपैयाँले नै घटेको छ।

सोमबार प्रतितोला ६१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार बजारमा फेरि चाँदी प्रतितोला १० रुपैयाँ नै घटेको छ ।

सोमबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार फेरि ७५० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्